June 28, 2017, Wednesday       आषाढ १४, २०७४, बुधबार

NEWS UPDATE
ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवामा / दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री एमजे अकवरद्वारा स्वागत ।
संविधान संशोधनमा एमाले पूर्वाग्रही नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्टोक्ति / संविधान गतिशील दस्तावेज भएकाले औचित्यका आधारमा संशोधन गर्न सकिने उल्लेख ।
इलामको माईखोलामा डुंगा दुर्घटनामा परी ज्यान गुमाउने ८ मध्ये ७ जनाको सनाखत / बेपत्ताको इलाम र झापामा खोजी कार्य जारी ।

विराटनगर, २२ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले २०७४ माघसम्ममा निर्वाचन नभए देश संवैधानिक जटिलतामा फस्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मोरङको आयोजनामा आज विराटनगरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै डाक्टर कोइरालाले यस्तो बताउनुभएको । उहाँले अहिले देश विषम परिस्थितिमा रहेकाले सबै दलले आफ्नो दलीय स्वार्थभन्दा माथि उठेर संविधान कार्यान्वय गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले देश विषम परिस्थितिमा पुगेकाले यसतर्फ गम्भीर भएर सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले चर्का भाषणवादी गर्दैमा कोही पनि राष्ट्रवादी नहुने दाबी गर्नुभयो । उहाँले मधेसी मोर्चाको मागहरु अस्पष्ट रहेको उल्लेख गर्नुभयो । उहाँले मधेशी मोर्चाले सुरुमा एक मधेश एक प्रदेश, त्यस पछाडि मधेशमा दुई प्रदेश र अहिले आएर मोर्चाले सीमांकन हेरफेरका कुरा अगाडि बढाएको बताउँदै त्यो आफूहरुलाई मान्य नहुने प्रस्ट पार्नुभयो । कोइरालाले मुुख्य तीनदलको एकताकै कारण संविधान जारी भएकाले तीनै तहको निर्वाचन  र संविधान कार्यान्वयनका लागि पनि दलहरुबीच सहमति आवश्यक रहेको बताउनुुभयो । कार्यक्रममा  सांसद  पुष्कर आचार्य, ट्रेड युनियका पूर्वाञ्चल अध्यक्ष नारायणबाबु कार्की, प्रजातान्त्रिक विचार समाज मोरङका सल्लाहकार भेषप्रसाद धमला, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितलगायतले देशलाई छिटोभन्दा छिटो निकास दिएर आर्थिक विकासमा लाग्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

Add comment


Security code
Refresh